मकास अटोमोटिभको मेकानिक्स भेटवार्ता सम्पन्न

काठमाडौँ । सवारी साधनमा प्रयोग हुने क्लच र यससँग सम्बन्धित कम्पोनेन्टको उत्पादक मकास अटोमोटिभको मेकानिक्स मिट शनिबार सम्पन्न भएको छ । मकासका उत्पादन र यसको विशेषताबारे कम्पनीका प्रतिनिधि र मेकानिक्सबीच अन्तरक्रिया गरिएको छ ।
मकास अटोमोटिभका जनरल म्यानेजर प्रमोद कुमारले सो अवसरमा कम्पनीको उत्पादन र यसको विशेषताबारे जानकारी प्रदान गरे । क्लचदेखि ब्रेक लाइनिङ र फ्लाई ह्विलदेखि बटनसम्म सबै रेञ्ज उपलब्ध गराउने कम्पनी भएकाले सबैका लागि कम्पनी विश्वसनीय भएको उनले बताए । मेकानिक्स र ग्राहकबीच सधै सम्बन्ध बढाइरहने कम्पनीको लक्ष्य बमोजिम मन्दीको समयमा पनि राम्रो बजार लिएको उनको भनाइ छ । व्यस्तताको बाबजुद एमआरपी स्टिकरसमेत आफ्नो मोबाइल नम्बर राखिएको र कुनै गुनासो भए सीधै सम्पर्क गर्न सकिने उनले बताए ।
मकास अटोमोटिभका मार्केटिङ म्यानेजर सलिम खानले कम्पनी सधै नम्बर वान रहने कुरामा विश्वास गर्ने बताउँदै जर्मन टेक्नोलोजी कम्पनी निभासँगको सहकार्यले कम्पनीको उत्पादन थप विश्वसनीय भएको बताए । नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले नेपाली अटो मेकानिक्सहरुले गुणस्तरीय उत्पादनमा विश्वास गर्ने भएकाले मकासका उत्पादन लोकप्रिय रहेको बताए । कम्पनीले उपलब्ध गराउने विश्वसनीय सेवा र गुणस्तरीय उत्पादनले भविष्यमा समेत यसको विश्वसनियता कायम रहने उनले विश्वास व्यक्त गरे ।
संघका निवर्तमान अध्यक्ष दीपक खड्काले गुणस्तरीय उत्पादनभन्दा स्किम बिक्री भइरहेको बजारमा मकासले फरक पहिचान कायम गरेको बताए । उनले कम्पनीप्रतिको विश्वास आगामी दिनमा समेत कायमै रहने अपेक्षा गरे ।
सो अवसरमा नेपालका लागि आधिकारिक वितरक जयश्री चण्डेश्वरी अटोमोबाइल्स प्रालिका सञ्चालक सुरोजन शाक्य र अन्यले अटो मेकानिक्सहरुलाई स्वागत गरेका थिए । सबै प्रकारका हेभी कमर्सियल भेइकलसम्म मकासको क्लच र अन्य कम्पोनेन्ट प्रयोग हुन्छ । नेपाली बजारसमेत पहिले लोकप्रिय रहेको क्लच अटो सन् २०१८ मा बन्द भएपश्चात उही समूहले नै मकास अटोमोटिभ सञ्चालन गरिरहेको छ ।
कम्पनीले १६० डायादेखि ४३० डायासम्म सम्पूर्ण रेञ्जका क्लच उत्पादन गर्छ । भारतको चार स्थानमा यसको कारखाना छ । थ्री ह्विलरदेखि फोर ह्विलर सबै गाडीमा यसको प्रयोग हुन्छ । टाटा मोटर्स, आइसर, अशोक लेल्यान्ड आदि गाडीमा यसको प्रयोग हुन्छ । क्लच प्लेट, कभर एसेम्बली, लिभर किट, प्रेसर प्लेट र क्लचसँग सम्बन्धित सबै कम्पोनेन्ट मकास अटोमोटिभले उत्पादन गर्छ ।















बेलायतमा पाँचौं ए स्टार नेपाल बास्केटबल लिग मार्च १५ देखि
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
अल्ट्रा धावक टोली भारत प्रस्थान
कर्णाली सरकारद्वारा दुई विधेयक स्वीकृत
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
प्रतिक्रिया