उत्तरी ग्रीसमा मालबाहक विमान दुर्घटना, सबै जनाको मृत्यु
काठमाडौँ । उत्तरी ग्रीसमा शनिबार राति मालबाहक एउटा विमान दुर्घटना हुँदा त्यसमा रहेका चालक दलका आठ जना सदस्यको मृत्यु भएको छ ।
सर्बियामा निर्मित ११ टनभन्दा बढी मोर्टार गोलाबारूद बोकेर जोर्डन हुँदै बंगलादेशका लागि उक्त विमान उडेको थियो । गाउँको खेतमा खसेको उक्त विमानका भग्नावशेषमा आज बिहानसम्म विष्फोटनका आवाज सुनिएका स्थानीयले बताएका छन् । विमानको अगाडिको भागबाट सेतो धुँवाको मुस्लो उठिरहेको उनीहरूले बताए ।
दुर्घटनाग्रस्त विमानका चालक दलका सदस्य सबै युक्रेनी नागरिक रहेका र विमान पनि युक्रेनी कम्पनी मेरिडिनले सञ्चालन गरेको सर्वियाका रक्षामन्त्री नेबोजसा स्टेफानोभिकले पत्रकारलाई बताएका छन् ।
विमानमा घातक रासायनिक पदार्थ वा विष्फोटक सामग्री अझै बाँकी भएन नभएको यकिन गर्न विज्ञहरू दुर्घटनास्थल पुग्ने तयारीमा रहेका ग्रीसका सरकारी अधिकारीले जनाएका छन् ।









एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले लिए शपथ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
प्रतिक्रिया