स्कटल्याण्डसँग नेपाल ८ विकेटले पराजित

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको एक सय २९ रनको लक्ष्य स्कटल्याण्डले १९ ओभरमा मात्र २ विकेट गुमाएर पछ्याएको हो ।
स्कटल्याण्डका लागि कलुम म्याकलोडले सर्वाधिक ६४ रन बनाए । २९ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि कलुमले काएल कोत्जरसँग ८२ रनको साझेदारी गरे । कोएत्जरले अविजित ४४ रन जोडे । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए भने कप्तान सन्दीपले २२ रन बनाए । विनोद भण्डारीले १३ रनको योगदान दिए ।
स्कटल्याण्डका लागि हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए । ग्याभिन मेनले २ विकेट लिए । जितसँगै स्कटल्यान्डले २३ खेलबाट ३४ अंक जोडेको छ । नेपाल लिग टू को अंक तालिकामा २० खेलमा १७ अंक जोडेर छैटौं स्थानमा छ ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया