शुक्रबार, मंसिर १२, २०८२

साफ यू–२० नेपाली टोलीको घोषणा

मेरोन्यूज २०७९ साउन २ गते १४:४८

काठमाडौं । अर्को साता भारतमा हुने साफ यू–२० फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ। प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ जना छनोट गरी टोली घोषणा गरिएको हो। नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले सोमबार अन्तिम टोलीको घोषणा गरेका हुन्।
नेपालले उद्घाटन खेल जुलाई २५ मा माल्दिभ्सविरुद्ध खेल्नेछ। नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ। नेपालले भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्त २ मा खेल्नेछ।
राउन्ड रोविन लिगका आधारमा सहभागी पाँच टोलीमध्ये शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। साफ च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ।

प्रतिक्रिया