नागरिकता विधेयक : सत्ता र प्रतिपक्षीबीच रस्साकस्सी, वैवाहिक अंगीकृतमा गलफत्ती

काठमाडौँ । संसदमा नागरिकतासम्बन्धी एउटा विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गरेपछि त्यसमा पेचिला देखा परेका छन् । संसदको राज्य व्यवस्था समितिले करिब तीन वर्ष लगाएर पास गरेको विधेयक फिर्ता लिनु र नयाँ विधेयक आउनुले संसदमा पेचिला स्वर देखा परेका हुन् ।
वैवाहिक अंगीकृत (विदेशी चेली, नेपाली बुहारी) नागरिकताको व्यवस्था विधेयकमा नसमेटेको भन्दै एमालेलगायत दलका सांसदले आपत्ति जनाएका छन् । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे सैद्धान्तिक छलफलमा उनीहरूले यसप्रति विरोध गरेका हुन् ।
कांग्रेस सांसदले भने कानुन बनाउन नसक्दा नागरिकताविहीन बन्न पुगेका लाखौँ युवायुवतीलाई नागरिकता दिन यो विधेयक ल्याइएको भन्दै प्रतिरक्षा गरेको छ । खासगरी एमालेका नेताहरूले यो विधेयकमा आपत्ति जनाएका छन् ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७५ साउन २२ गते प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो । सो विधेयकमाथि प्रतिनिधिसभामा छलफल भएको थिएन । तर, प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिमा भने करिब तीन वर्षसम्म विधेयकमा दफावार छलफल भएको थियो ।
राज्य व्यवस्था समितिबाट पास भएर प्रतिनिधिसभासम्म पुगेको सो विधेयकमा भएका कतिपय प्रावधानमा नेपाली कांग्रेस र मधेसवादी दलहरूको भने असहमति रहेको थियो । अहिले सरकारका तर्फबाट गृहमन्त्री खाँणले नयाँ विधेयक पेस गरेका छन् ।
सत्तारुढ गठबन्धनमा रहेका सबै राजनीतिक दलबीच मधेसवादी दलहरूको मागलाई पनि सम्बोधन गर्ने गरी अर्को नागरिकता विधेयक पेस गरेको सरकार पक्षको दाबी छ । यसका लागि गृहमन्त्री खाँण र कानुनमन्त्री गोविन्द शर्मा बन्दीले सबै दलहरूको सहमति जुटाउन प्रस्ताव गरेका भए पनि उनीहरु असफल भएका थिए ।
संसदमा मन्त्री खाँणले दर्ता गराएको नागरिकता विधेयकका लगभग सबै विषय टुंगिए पनि वैवाहिक अंगीकृत नागरिकता पाउने अवधिबारे कांग्रेस र मधेसवादी दलबीच फरक धारणा छ । एमाले स्थायी कमिटी सदस्य एवं सांसद विजय सुब्बाले नागरिकता विधेयकमा बुहारीले नागरिकता पाउने प्रावधानको विषयमा मत भिन्नता रहेकाले सरकारले पहिलाको विधेयक फिर्ता लिएर नयाँ ल्याएको बताए ।
‘वैवाहिक अंगीकृत नागरिकताको विषयमा ७ वर्षे प्रावधान राखिएको छ, त्यो विषयमा भारत रिसाउँछ कि भन्ने डर कांग्रेसलाई छ, त्यही डर हटाउन सो प्रावधान झिकेर नयाँ विधेयक पेस गरेको हो,’ सुब्बाले भने । राज्य व्यवस्था समितिअन्तर्गत सांसद सुब्बाको संयोजकत्वमा बनाइएको उपसमितिले वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि पाउने प्रस्ताव गरेको थियो ।
उक्त प्रस्तावमा कांग्रेस र मधेस केन्द्रीत दलले असहमति राखेपछि तत्कालीन समिति सभापति शशी श्रेष्ठले बहुमतबाट पारित गर्न प्रस्ताव गरे पनि बैठक स्थगित भएको थियो । कांग्रेस र जसपा अहिलेकै प्रावधानलाई निरन्तरता दिनु पर्ने पक्षमा थिए ।
अहिले नेपाली पुरुषसँग विदेशीले बिहे गरेलगत्तै अंगीकृत नागरिकता लिने प्रावधान छ । कांग्रेसले असहमति जनाएको थियो । तत्कालीन समयमा नागरिकता विधेयकबारे छलफल गर्न राज्य व्यवस्था समितिले ३४ वटा बैठक गरेको थियो ।
हल पेश गरेको विधेयकमा अंगीकृत नागरिकताबारे केही उल्लेख गरिएको छैन । पुरानै प्राब्धानलाई यथावत राखिएको छ । यसअघि ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता अध्यादेशलाई नै विधेयकका रूपमा ल्याएको मन्त्रालयको दाबी छ । तर एमाले ओलीले पहिलेको सन्दर्भ र अहिलेको सन्दर्भ फरक भएको भन्दै त्यसलाई संसदमा पेश गर्न अस्वीकार गरेका थिए । सो अध्यादेशलाई सर्वोच्चले कार्यान्वयनमा रोक लगाएको थियो ।
सरकारले विधेयक फिर्ता लिनु र नयाँ विधेयक पेश गर्नुअघि एमाले अध्यक्ष ओलीसँग मन्त्रीद्वय खाँण र शर्माले २०७८ जेठ ९ गते ल्याएको अध्यादेश नै संसदमा विधेयकको रूपमा ल्याउने जानकारी गराएका थिए । उनीहरूले पहिलाको अध्यादेशमा सहमति गरौँ र त्यहीअनुसार अघि बढौँ भनेकामा ओलीले पहिलेको सन्दर्भ र अहिलेको सन्दर्भ फरक भएको बताउँदै संसदमा पेस भएको विधेयकलाई छलफलमा ल्याउन आग्रह गरेका थिए । तर, ओलीले मानेका थिएनन् ।
०७८ जेठ ९ गते ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशमा जन्मसिद्धका आधारमा नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले वंशजको आधारमा नागरिकता पाउने व्यवस्था गरिएको थियो । त्यतिखेर प्रतिनिधिसभामा नागरिकतासम्बन्धी विधेयक विचाराधीन रहेका बेला तत्कालीन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश २०७८’ जारी गरेकी थिइन् ।
अहिले संसदमा नयाँ विधेयक आएपछि एमाले सांसद कृष्णभक्त पोखरेलले वैवाहिक अंगीकृतको हकमा के गर्ने भन्दै प्रश्न गरे । ‘छोराले बिहे गरे बुहारीलाई नागरिकता दिने नेपालको प्रचलन छ । छोरीले विवाह गर्यो भने त्यसका सम्बन्धमा संविधानले बोल्दैन केही छैन । तर, बुहारीको हकमा आउनेबित्तिकै दिने वा निश्चित समयमा ? कुनै छलफल हुन नसक्ने हो ?’, सांसद पोखरेलको प्रश्न थियो । आउनेबित्तिकै भोलिपल्ट नागरिकता पाउने विश्वको एउटा देशको नाम दिन गृहमन्त्रीलाई सांसद पोखरेलले चुनौती दिएका थिए ।
‘होइन भने भारतमा नेपाली चेली गएपछि नागरिकता प्राप्त गर्न सात वर्ष लाग्छ, अमेरिका, अस्ट्रेलिया जहाँको हेर्यो भने त्यही ४–५ वर्षभन्दा घटी कहीँ पनि पाइँदैन’, उनले भने । राज्य व्यवस्था तथा सुशासन समितिले यसअघि विवाह गरेर आएको सात वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्थासहितको विधेयक प्रतिनिधिसभामा पठाएको थियो । तर, उक्त विधेयक फिर्ता लिई यही असार २४ गते दर्ता गरेको विधेयक गृहमन्त्री बालकृष्ण खाँणले गत साता संसदमा पेश गरेका हुन् ।
प्रतिपक्षी दलका नेताहरुले राजनीतिक अभिष्ट पूरा गर्नका निम्ति नागरिकता खुकुलो पार्न खोजिएको आरोप लगाएका छन्, देश फिजीकरण नगराऔँ । नागरिकतालाई अलिक कठोर बनाऔँ । वैवाहिक अंगीकृतबाट जन्मिएका छोराछोरीलाई नागरिकताबाट बञ्चित नगराऔँ । विदेशी बुहारीलाई आउनेबित्तिकै नागरिकता दिन नहुनेमा उनीहरुको जोड छ ।
नेपालको भूराजनीति हेर्दा यो विधेयक कठोर बनाउन जरुरी रहेको एमाले नेताहरुको दाबी छ । ‘वैवाहिक अंगीकृत नागरिकता अधिकार होइन कृत्रिम सुविधा हो सुविधा पाउन शर्त पूरा गर्नुपर्छ’, एमाले नेता सुब्बाको धारणा छ । यो विधेयकमार्फत ऐनको दफा ३ (वंशजको नाताले नेपाली नागरिकता प्राप्ति), ८ (नागरिकताको प्रमाणपत्र प्राप्तिका लागि निवेदन दिनु पर्ने) र २१ (दण्ड सजाय)को व्यवस्थामा सरकारले संशोधन प्रस्ताव गरेको छ । यस्तै, विधेयकमा दफा ७ मा ७ क (गैरआवासीय नागरिकता प्राप्त गर्न सक्ने) थपिएको छ ।
















तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति
बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया