आरएसडिसी लघुवित्तको नाफा ४८ प्रतिशतले बढ्यो

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गर्ने आरएसडिसी लघुवित्त पहिलो कम्पनी हो ।
उक्त विवरणअनुसार चालू आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ४६.३६ प्रतिशतले बढेर २३ करोड ८२ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १६ करोड २७ लाख ६८ हजार रूपैयाँ रहेको थियो ।
दोस्रो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि बढेर २६ करोड ४७ लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १८ करोड ६१ लाख १७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । संस्थाको चुक्ता पुँजी ८० करोड ५१ लाख रुपैयाँ र जगेडा कोषमा ३१ करोड ३ लाख हजार रुपैयाँ सञ्चित रहेको छ ।















इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
इराकस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया