कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मेरोन्यूज
२०७९ साउन ४ गते १५:५३

कपिलवस्तु । कपिलबस्तुको बुद्धभुमी नगरपालिका–९ चम्पापुरमा आज बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार एक किशोरी घाइते भएकी छन् ।
मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–९ बस्ने ३० वर्षीय शुसिल केसी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका केसीको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको हो ।
घाइते भएकी १७ वर्षीया कुस्मा केसीको सोही अस्पतालमै उपचार भइरहेको छ ।
ना ५ ख ९३५० नम्बरको बसले रा ७ प ३५९४ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ८ ठक्कर दिएको थियो ।
दुबै सवारी साधन सहित बस चालकलाई इलाका प्रहरी कार्यालय गोरुसिङगेले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिक्रिया