संघीयता मुलुकको आवश्यकता, आर्थिक पारदर्शीतामा सहयोग

काठमाडौं । जनअधिकार सुनिश्चितताका लागि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र उक्त व्यवस्था आजको आवश्यक रहेको राजधानीमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् । जनसरोकार अभियानद्वारा काठमाडौंमा आयोजित ‘संघीयता स् भ्रम र यथार्थ’ विषयक बहसका वक्ताहरूले कतिपयमा संघीयताबारे भ्रम उत्पन्न भएको उल्लेख गर्दै मुलुकको पहिचान, संस्कृति, मूल्य मान्यताका आधारमा संघीयता स्थापना भएको बताएका हुन् ।
कार्यक्रममा लेखक तथा राजनीतिक विश्लेषक श्याम श्रेष्ठले नेतृत्व गर्ने व्यक्तिको कमजोरीका कारण संघीयताबारे भ्रम उठ्न खोजेका बताउँदै संघीयता देशको आवश्यकता भएको बताए । उनले जनताका सेवा सुविधालाई गाउँगाउँमै सहजरूपमा पु¥याउनका लागि संघीयताको महत्व बढी रहेको बताए । उनले जनसहभागिता हुने उच्च खालको व्यवस्था नै संघीयता भएको र पहिचान, संस्कृति, मूल्य मान्यताका कारण उक्त व्यवस्था आजको आवश्यकता रहेको बताए ।
बहसमा सहभागी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले संघीयताको विषयमा अहिले नै सफल या असफल भएको भनेर छलफल गर्नुपर्ने बेला नभएको बताए । उनले २०र२५ वर्ष अभ्यास भएपछि मात्रै यसबारेमा विश्लेषण गर्नुपर्नेमा जोड थियो । संघीयताले मुलुकका ७५३ पालिकाका जनता लाभान्वित भएका र तल्लो तहका जनताले पनि प्रत्यक्षरुपमा निगरानी गर्न सकेकाले आर्थिक पारदर्शीता निर्माण गर्न सकिएको उनको भनाइ थियो । उनले मुलुकमा अहिले सुुशासनको प्रत्याभूति दिलाएको पनि बताए ।
उक्त कार्यक्रमका संयोजक अनिल शर्माले संघीयताका सवालमा देखिएको भ्रम निवारणका लागि यसरी कार्यक्रम आयोजना गरिएको बताए । उनले संघीयता मुलुकको पहिचान भएकाले नागरिकका अधिकार सुनिश्चितताका लागि आवश्यक भएको बताए । जनसरोकार अभियानका अभियन्ता सविन सिग्देलले संघीयताबारे युवा वर्गमा उब्जिएको भ्रम चिर्न उक्त कार्यक्रम गरिएको बताए । तीन वर्षअघि सक्रिय रहेको अभियानले राष्ट्रिय पहिचानका विषयमा निरन्तर बहस चलाउँदै आएको पनि सिग्देलले जानकारी दिए ।
















दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया