अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं। सर्लाही, धादिङ र मोरङबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले फक्राउ गरेको छ ।
सर्लाहीको हरिपुर नगरपालिका–९ दनुवारीबाट नियन्त्रित लागूऔषध ४ सय ९५ एम्पुल डाइजेपाम, ५ सय एम्पुल फेनारगन, १ सय ४४ एम्पुल स्पास्मोप्रोक्सभन र ५ सय एम्पुल लेबल तथा नाम नखुलेको लागूऔषधसहित दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–३ बस्ने ३५ वर्षीय दिपक खत्री र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–४ बस्ने २६ वर्षीय बिजय लामा रहेका छन् ।
ना.२० प ९३७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी मोटरसाइकल चालक दिपक र मोटरसाइकलमा सवार बिजयलाई पक्राउ गरेको हो ।
धादिङको गजुरी गाउँपालिका–२ चालिसेबाट करिब ५ किलो गाँजा सहित कास्की रुपा गाउँपालिका–१ फस्ल्याङकोट बस्ने २६ वर्षीय कृष्ण श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–४ सोमबारे चोकबाट करिब २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर, ९७ चक्की स्पसपेन र ९० चक्की प्रमोलसहित सोही ठाउँ बस्ने २१ वर्षीय अमृत लिम्बुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।
















हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया