शनिबारदेखि डेढ लाख मात्रा खोपको म्याद सकियो

काठमाडौँ । पछिल्लो समय देशभर कोरोना भाइरस संक्रमणको दर बढ्ने गरेको छ । तर, खोप लगाउने कार्यक्रम कमी हुँदै जाँदा करिब डेढ लाख मात्रा खोप खेर गएको छ ।
सरकारले सही तवरबाट खोप लगाउने कार्यक्रमलाई निरन्तरता दिन नसक्दा करिब डेढ लाख मात्रामा कोभिसिल्ड खोपको म्याद हिजो शनिबारदेखि सकिएको हो । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार वागमती प्रदेशमा मात्र गत बुधबारसम्म एक लाख ४१ हजार एक सय २० मात्रा कोभिसिल्ड खोप थियो । बिहीबार र शुक्रबार ५६ हजार खोप लगाइएको विभागले जनाएको छ ।
लगाउन बाँकी रहेको ८५ हजार एक सय २० मात्रा कोभिसिल्ड शनिबारदेखि लगाउन नमिल्ने भएको छ । यस्तै, प्रदेश १ मा ११ हजार, हेटौंडा कोल्ड चेन स्टोरमा ३६ हजार, टेकुको कोल्ड चेन स्टोरमा १९ हजार ४८० र गण्डकी प्रदेशमा दुई हजार ५७० कोभिसिल्ड खोपको म्याद शनिबारदेखि सकिएको हो ।
नेपालले हालसम्म एक करोड ८३ लाख ८७ हजार ६०० मात्रा खोप खरिद गरेको छ । यस्तै, अनुदानबाट चार करोड ५ लाख ४ हजार ३७० मात्रा प्राप्त गरेको छ ।
कोभिसिल्डबाहेक अन्य खोपको म्याद बाँकी नै छ । विभागले सबै प्रदेशको खोप मौज्दातको विवरण प्रदान गर्न सकेको छैन ।











एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
प्रतिक्रिया