शनिबारदेखि डेढ लाख मात्रा खोपको म्याद सकियो

काठमाडौँ । पछिल्लो समय देशभर कोरोना भाइरस संक्रमणको दर बढ्ने गरेको छ । तर, खोप लगाउने कार्यक्रम कमी हुँदै जाँदा करिब डेढ लाख मात्रा खोप खेर गएको छ ।
सरकारले सही तवरबाट खोप लगाउने कार्यक्रमलाई निरन्तरता दिन नसक्दा करिब डेढ लाख मात्रामा कोभिसिल्ड खोपको म्याद हिजो शनिबारदेखि सकिएको हो । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार वागमती प्रदेशमा मात्र गत बुधबारसम्म एक लाख ४१ हजार एक सय २० मात्रा कोभिसिल्ड खोप थियो । बिहीबार र शुक्रबार ५६ हजार खोप लगाइएको विभागले जनाएको छ ।
लगाउन बाँकी रहेको ८५ हजार एक सय २० मात्रा कोभिसिल्ड शनिबारदेखि लगाउन नमिल्ने भएको छ । यस्तै, प्रदेश १ मा ११ हजार, हेटौंडा कोल्ड चेन स्टोरमा ३६ हजार, टेकुको कोल्ड चेन स्टोरमा १९ हजार ४८० र गण्डकी प्रदेशमा दुई हजार ५७० कोभिसिल्ड खोपको म्याद शनिबारदेखि सकिएको हो ।
नेपालले हालसम्म एक करोड ८३ लाख ८७ हजार ६०० मात्रा खोप खरिद गरेको छ । यस्तै, अनुदानबाट चार करोड ५ लाख ४ हजार ३७० मात्रा प्राप्त गरेको छ ।
कोभिसिल्डबाहेक अन्य खोपको म्याद बाँकी नै छ । विभागले सबै प्रदेशको खोप मौज्दातको विवरण प्रदान गर्न सकेको छैन ।
















छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया