लस एन्जलसमा गोली चल्यो, २ जनाको मृत्यु
मेरोन्यूज
२०७९ साउन ९ गते ११:१९

लस एन्जलस । लस एन्जलसको एउटा पार्कमा दुई समूहबीच गोली हानाहान हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । स्यान पेड्रोको पेक पार्कमा चलिरहेको कार शोको क्रममा स्थानीय समयअनुसार आइतबार साँझ ४ बजे गोलीबारी भएको न्युयोर्क पोस्टले रिपोर्ट गरेको छ ।
पेक पार्कमा दुई पक्षबीचको विवादका कारण गोली हानाहान सुरु भएको लस एन्जलस प्रहरी विभागका क्याप्टेन केली मुनिजले एक पत्रकार सम्मेलनमा जानकारी दिए ।
‘हामी प्रमाण र सम्भावित थप पीडितहरूका लागि पार्क खाली गर्न जारी राख्छौं’ केलीको भनाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । एक जनाभन्दा बढी मानिसले गोली प्रहार गरेको अनुमान गरिएको छ ।
प्रहरीले गोलाबारीबारे थप अनुसन्धान गरेको छ । अमेरिकामा बारम्बार गोली प्रहारका घटना हुने गरेका छन् । केही दिनअघि पनि दुई समूहबीच गोली हाना हान भएको थियो ।
सम्बन्धित
















पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया