लस एन्जलसमा गोली चल्यो, २ जनाको मृत्यु
मेरोन्यूज
२०७९ साउन ९ गते ११:१९

लस एन्जलस । लस एन्जलसको एउटा पार्कमा दुई समूहबीच गोली हानाहान हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । स्यान पेड्रोको पेक पार्कमा चलिरहेको कार शोको क्रममा स्थानीय समयअनुसार आइतबार साँझ ४ बजे गोलीबारी भएको न्युयोर्क पोस्टले रिपोर्ट गरेको छ ।
पेक पार्कमा दुई पक्षबीचको विवादका कारण गोली हानाहान सुरु भएको लस एन्जलस प्रहरी विभागका क्याप्टेन केली मुनिजले एक पत्रकार सम्मेलनमा जानकारी दिए ।
‘हामी प्रमाण र सम्भावित थप पीडितहरूका लागि पार्क खाली गर्न जारी राख्छौं’ केलीको भनाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । एक जनाभन्दा बढी मानिसले गोली प्रहार गरेको अनुमान गरिएको छ ।
प्रहरीले गोलाबारीबारे थप अनुसन्धान गरेको छ । अमेरिकामा बारम्बार गोली प्रहारका घटना हुने गरेका छन् । केही दिनअघि पनि दुई समूहबीच गोली हाना हान भएको थियो ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया