शनिबार, मंसिर १३, २०८२

नेपालको सानदार जित, माल्दिभ्समाथि ४-० गोल प्रहार

मेरोन्यूज २०७९ साउन ९ गते १८:५२

काठमाडौँ । नेपालले साफ यू २० च्याम्पियनसिपमा नेपालले सानदार सुरुवात गरेको छ । सोमबार भारतको ओडिसास्थित कलिंगा रंगशालामा भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोलले पराजित गरेको हो ।

जितपछि नेपालले फाइनल जाने सम्भावना कायमै राखेको छ । हारले माल्दिभ्सको स्थिति कमजोर भएको छ ।

आजको खेलमा नेपालले पहिलो हाफमा एक गोलले गरेको थियो । नेपालले दिपेश गुरुङको गोलले अग्रता लिएको थियो । उनले ४२ औँ मिनेटमा गोल गरे ।

खेलको ५८ औं मिनेटमा सुगम सुवालले दोस्रो गोल गर्दा तेस्रो गोल कृतिशरत्न छुन्जुले गरे । उनले पेनाल्टीबाट ६२ औं मिनेटमा गोल गरेका हुन् । चौथो गोल मनग्य नकर्मीले इन्ज्युरी समयमा गरेका थिए ।

राउन्ड रोबिनका आधारमा चल्ने प्रतियोगितामा नेपालले आगामी बुधबार आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्ने भएको छ ।

प्रतिक्रिया