नेपालको सानदार जित, माल्दिभ्समाथि ४-० गोल प्रहार
मेरोन्यूज
२०७९ साउन ९ गते १८:५२

काठमाडौँ । नेपालले साफ यू २० च्याम्पियनसिपमा नेपालले सानदार सुरुवात गरेको छ । सोमबार भारतको ओडिसास्थित कलिंगा रंगशालामा भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोलले पराजित गरेको हो ।
जितपछि नेपालले फाइनल जाने सम्भावना कायमै राखेको छ । हारले माल्दिभ्सको स्थिति कमजोर भएको छ ।
आजको खेलमा नेपालले पहिलो हाफमा एक गोलले गरेको थियो । नेपालले दिपेश गुरुङको गोलले अग्रता लिएको थियो । उनले ४२ औँ मिनेटमा गोल गरे ।
खेलको ५८ औं मिनेटमा सुगम सुवालले दोस्रो गोल गर्दा तेस्रो गोल कृतिशरत्न छुन्जुले गरे । उनले पेनाल्टीबाट ६२ औं मिनेटमा गोल गरेका हुन् । चौथो गोल मनग्य नकर्मीले इन्ज्युरी समयमा गरेका थिए ।
राउन्ड रोबिनका आधारमा चल्ने प्रतियोगितामा नेपालले आगामी बुधबार आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्ने भएको छ ।
सम्बन्धित
















सुनचाँदीको मूल्य आजपनि घट्यो, कतिमा हुँदैछ कारोबार ?
कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी
राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया