प्रधानमन्त्रीबाट राजीनामा दिन चाहन्नन् जोनसन :रिपोर्ट
मेरोन्यूज
२०७९ साउन १० गते ९:०४

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पूर्व कोषाध्यक्ष पिटर क्रुडासलाई आफू बेलायतको प्रधानमन्त्रीको रूपमा ‘राजिनामा दिन नचाहेको’ र प्रधानमन्त्रीबाट आफ्नो प्रस्थानलाई ‘पन्छाउन’ चाहेको बताएको टेलिग्राफले सोमबार रिपोर्ट गरेको छ ।
जोनसनले शुक्रबार दिउँसोको खाजामा क्रुडासलाई आफू ‘कन्जरभेटिभ पार्टीको नेताको रूपमा अर्को आमचुनाव लड्न चाहेको’ रिपोर्टमा उल्लेख छ ।
‘बोरिसको दृष्टिकोणमा कुनै अस्पष्टता थिएन। उनी पक्कै पनि राजीनामा दिन चाहँदैनन्। उनी प्रधानमन्त्रीमा निरन्तर रहन चाहन्छन्,’ क्रुडासलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ।
बेलायतमा कन्जरभेटिभ पार्टीको नयाँ नेता चयनको लागि पक्रिया सुरु भइसकेको छ । कन्जरभेटिभको संसदीय दलमा निर्वाचित नेता प्रधानमन्त्री बन्न सक्छन् । सेप्टेम्बरको पहिलो सातासम्म देशले नयाँ प्रधानमन्त्री पाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित
















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
ट्याक्टरको रोटाभेटरमा परी महोत्तरीमा दुई बालिकाको मृत्यु
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया