डुम्रे-बेँसीसहर सडक पुनः सञ्चालनमा
मेरोन्यूज
२०७९ साउन १० गते ११:५६

तनहुँ । अविरल वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ । देउरालीडाँडा पहिराले अवरुद्ध उक्त सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ रिठ्ठेबगरमा पहिरा हटाएसँगै आज बिहानदेखि यातायात सञ्चालन भएको हो ।
शुक्रबार रातिदेखि पहिराले उक्त सडक अवरुद्ध भएको थियो । नेपाली सेनाको श्रीजङग गण, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोड्ने उक्त सडक ढुङ्गामाटोसहितको लेदोका कारण अवरुद्ध भएको थियो ।
पहिरो हटाएसँगै दुई दिनदेखि थन्किएका सवारीसाधन सञ्चालनमा आएको सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिएका छन् ।
सम्बन्धित
















चार देशका अटोमोबाइल फेडेरेसन प्रवेश गरे ड्रोन र भर्टिकल मोविलीटीमा
बागलुङमा एक करोडमा वडा कार्यालय भवन निर्माण
द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया