सांसदको प्रश्नमा फरेन्सिक विज्ञले भने : सीसीटीभी फुटेज रिकभर हुनु ठूलो कुरा हो

काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनैतिक व्यक्ति प्रवेश गराएको भन्दै सुरु भएको छानबिनमा रिकभर गरी पठाएको सीसीटीभी फुटेज प्रष्ट नदेखिने भएको छ ।
नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले पठाएको सीसीटीभी फुटेज स्पष्ट नदेखिने र एक दुई सेकेण्डका क्लिपका भएपछि छनबिन समितिका सदस्यहरुले विज्ञलाई बोलाएका थिए । फरेन्सिक विज्ञको रुपमा दुई जना प्रहरी अधिकृत संसदीय छानविन विषेश समितिको बैठकमा बसेका थिए।
यस क्रममा फरेन्सिक विज्ञलाई सांसदले सोधे, ‘भिडियो क्वालिटी किन यस्तो ? सरर देखिने हुन्न ?’
जवाफमा विज्ञद्वयले रिकभर हुनु नै ठूलो कुरा भएको बताएका थिए । उनीहरूले क्वालिटीको रिकभर गर्न नसकिएको स्वीकार गरे ।
अब छानबिन गर्न गठित संसदीय विशेष समितिले सहमतिमै प्रतिवेदन लेख्ने भएको छ । म्याद थपका लागि आग्रह नगर्ने र सहमतिमै प्रतिवेदन लेख्ने निर्णयमा समिति पुगेको हो ।















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया