ग्वार्कोमा गुडिरहेको बस ट्याक्सीमाथि पल्टिदाँ तीन जना घाइते
मेरोन्यूज
२०७९ साउन ११ गते १२:५६

ग्वार्को । ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ। बुधबार बिहान ट्याक्सीमाथि बस पल्टिएको हो। बस सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको र विपरीत दिशाबाट ट्याक्सी आउँदै थियो।
प्रहरीका अनुसार बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टेको हो। बस पल्टिएपछि एउटा मोटरसाइकल पनि लडेको छ।
बा ५९ प १५७७ नम्बरको मोटरसाइकल पल्टिएको हो। बस अनियन्त्रित भएर ग्वार्कोबाट आउँदै गरेको माछा बोकेको डिआइ गाडीलाई ठक्कर दिएर ट्याक्सीमाथि पल्टिएको प्रहरीले जनाएको छ।
अहिले एक जना यात्रुसहित तीन जना घाइते छन्। उनीहरूको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ।
ट्याक्सी चालक हेटौंडाका २७ वर्षीय सन्जोग घिसिङ र मोटरसाइकल चालक भक्तपुर घरका ३८ वर्षीय आशिष श्रेष्ठ छन्।
सम्बन्धित
















प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया