आइतबार, माघ ४, २०८२

गुराँस लाइफ इन्स्योरेन्सद्वारा झापाका बिमितलाई ५२ लाख ५५ हजार भुक्तानी

मेरोन्यूज २०७९ साउन १२ गते १८:३३

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बिमित श्री सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ ।
मृतक सुदेश राईले भद्रपुुरका अभिकर्ता अमित शर्मा मार्फत ५० लाखको बार्षिक नगद फिर्ता जीवन बिमा गराएका थिए ।
कम्पनीले राईकी पत्नी श्री रुबिना तामाङ्गलाई बिमांक र बोनस सहित ५२ लाख ५५ हजार गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि. क्षेत्रिय कार्यलय बिर्तामोडले मिती २०७९÷ ०४÷ १२ गते भद्रपुर न. पा. वडा नं. ८ को कार्यलयमा एक कार्यक्रम मार्फत भुक्तानी गरेको छ ।
कम्पनीका मुख्य प्रबन्धक तथा क्षेत्रिय प्रमुख श्री गिरधर श्रेष्ठले व्यक्तीको मृत्युको अपुरणीय क्षतिको भरपाई नहुने तर बिमाबाट प्राप्त रकमले आश्रीत परिवारलाई सहयोग पुग्ने विचार व्यक्त गर्दै युवा अवस्थामै विमितको निधनले आफु मर्माहित भएको बताए ।

प्रतिक्रिया