सुनको मूल्य तोलामा आठ सयले बढ्यो
मेरोन्यूज
२०७९ साउन १३ गते १२:४२

काठमाडौं, १३ साउन । नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको हो ।
बिहीबार प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ९५ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ छ ।
चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सम्बन्धित















ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
पारिजात सम्मान २०८२ बाट सम्मानित हुनेहरूको नाम घोषणा
प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
प्रतिक्रिया