आइतबार, माघ ४, २०८२

रियलमीको शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन सार्वजनिक

मेरोन्यूज २०७९ साउन १३ गते १९:४६

काठमाडौँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३१ लञ्च गरेको छ ।

गत बुधबार लञ्च गरिएको स्मार्टफोनमा पाँच हजार एमएएचको ब्याट्री रहेको छ । जुन स्ट्यान्ड बाइमा ४५ दिनसम्म टिक्छ । त्यस्तै यसमा १.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर रहेको छ । फोनमा उत्कृष्ट फोटोग्राफीका लागि १३ एमपीको क्यामरा रहेको छ ।

कूल १७ हजार ७९९ रुपैयाँको आकर्षक मूल्यमा ४ जिबी र्‍याम र ६४ जिबी रोमसहित उपलब्ध फोन यो मूल्यमा सबैभन्दा पातलो मोबाइल सेट भएको दाबी गरिएको छ ।

लञ्च कार्यक्रममा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीले भने, ‘यो क्लासकै बेस्ट पर्फर्मिङ स्मार्ट फोनको रुपमा रियलमी सी ३१ को लञ्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ, यो एकदमै स्लिक र सबैभन्दा कम्फर्टेबल फोन रहेको छ, यति मात्र नभएर यो सेट अत्यन्तै स्टाइलिश हुनुका साथै सुपथ मुल्यमा उपलब्ध छ ।’

प्रतिक्रिया