आइतबार, माघ ४, २०८२

बजेट निर्माण कक्षमा सामाजिक सञ्जाल र फोन प्रयोग गर्न रोक

मेरोन्यूज २०७९ साउन १३ गते २०:४२

काठमाडौँ । करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले बजेट निर्माणको गोप्य कक्षकै सुरक्षाका विषयमा सुझाव दिएको छ ।

‘‘बजेट निर्माणको गोप्य कक्षमा काम गर्ने कर्मचारीले उक्त कक्षभित्र ल्याण्डलाइन फोन र मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था भएकोमा सूचना आदानप्रदानका अन्य माध्यमहरू (सामाजिक सञ्जाल, भाइवर, म्यासेन्जर, ह्वाट्सएप)लाई पनि प्रयोग गर्न नपाउने गरी समयानुकूल परिमार्जन गर्नु पर्ने छ,’ सुझावमा भनिएको छ ।

समितिले आफ्नो प्रतिवेदन शुक्रबार प्रतिनिधिसभा बैठक समक्ष पेस गरेको थियो ।

प्रतिक्रिया