एनआईबिएल एस क्याप्टिलको सेवा १० औँ वर्ष पूरा

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेन्ट बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दै आएको आज १० वर्ष पूरा भएको छ ।
आफ्नो १० वर्षे सफल कार्यकालमा यस क्यापिटलले १८८ कम्पनीको आईपीओ तथा विभिन्न कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा समेत कार्य गरेको छ । यस क्याप्टिल हाल ५१ कम्पनीको शेयर रजिष्ट्रारको रुपमा कार्यरत छ ।
क्याप्टिल, योजना व्यवस्थापक रही ‘एनआईबिएल म्युचुअल फण्ड’अन्र्तगत तीन वटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड योजना सञ्चालनमा ल्याइसकेको छ । जसमध्ये एनआईबिएल समृद्धि फण्ड १ परिपक्क भई आफ्नो इकाई धनीलाई रकमसमेत फिर्ता गरिसकेको छ । साथै नयाँ बन्दमुखी योजना ‘एनआईबिएल ग्रोथ फण्ड’ नेपाल धितोपत्र बोर्डमा पेश भई प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।
कम्पनीले सात सयभन्दा बढी लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ भने आफ्नो संस्थागत परामर्श सेवाअन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीले तीन लाख ग्राहकवर्गलाई डिम्याट खाता तथा २.२५ लाख ग्राहकवर्गलाई मेरो शेयर सेवासमेत प्रदान गर्दै आइरहेको छ ।
आजकै दिन १० वर्ष पूरा गरेको अवसरमा यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै ग्राहकवर्गलाइ लक्षित गरी निम्न योजनाहरु ल्याएको छ ।
जसमा डिम्याटको वार्षिक नवीकरण शुल्कमा १० वर्षको अग्रिम भुक्तानीमा थप १० वर्ष निशुल्क नवीकरण, जम्मा १० रुपैयाँमा मार्केट एक्सपर्ट, एसआईपीमा दर्ता हुने बालबालिकालाई आकर्षक उपहार प्रदान गरिने जस्ता छुट ल्याएको हो । यो योजना आगामी श्रावण २५ गतेसम्म हुने क्याप्टिलले जनाएको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया