केपी ओली शैलीमै नेताको बचाउमा उत्रिए प्रचण्ड

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा २५ दिनमा फेरि अर्थमन्त्रालय फर्किएका छन् । उनले आइतबार अर्थमन्त्रीको सपथ लिएसँगै पदभार ग्रहण गरेका हुन् ।
शनिबार साँझसम्म शर्मा आफै पुनः दोहोरिएर अर्थमन्त्रालय जाने कि नजाने दोधारमा थिए । उनले बेलुकी आफूसँगै अर्थमन्त्रालयमा काम गरेका सचिवालयका नेता कार्यकर्तालाई अहिले नै मन्त्रालय नजाउ कि भनेका थिए । बरु पार्टीको काममा लाग्ने, आगामी संघ–प्रदेशको चुनावपछि बन्ने सरकारमा सहभागी हुने र अहिलेलाई अर्थमन्त्रीका रुपमा अर्को कुनै नेतालाई सिफारिस गर्नेसम्मको योजना उनले आफू नजिक नेताहरूलाई सुनाए ।
त्यसपछि सम्भावित अर्थमन्त्री को हुन सक्लान् त ? त्यसमा पनि जनार्दनले मुखै खोलेर भनेका थिए, देव गुरुङ हुन सक्छन् । भोलि पार्टी स्थायी समिति बैठक बस्ला, त्यहाँ म गुरुङ जीलाई अबको अर्थमन्त्रीका रुपमा सिफारिस गर्छु । जनार्दनले मुड नबनाएपछि के होला ? भन्ने प्रश्न उठेका थिए ।
आइतबार बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे । उनले सीधै जनार्दनलाई अर्थमन्त्री बनाउन प्रधानमन्त्रीलाई सिफारिस गरे । प्रधानमन्त्री प्रचण्डको तर्कसँग सहमत भए ।
शनिबार मात्रै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफैले संसदमा माग गरेको संसदीय छानविन समितिले दिएको प्रतिवेदनमाथि प्रश्न उठाएका थिए । संसदीय छानबिन समितिले जनार्दन शर्मालाई दिएको क्लिन चिटलाई ओलीले जनस्तरबाटै खारेज गर्नु पर्ने टिप्पणी गरे ।
संसदीय छानबिन विशेष समितिले जनार्दन शर्मामाथि गरेको छानबिनलाई जनताले अस्वीकार गर्नु पर्ने बताएका हुन् । उनले शनिबार राष्ट्रिय युवा संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधनका क्रममा बजेट निर्माणका क्रममा आपराधिक काम भएकाले जनस्तरबाट अश्वीकार गर्नु पर्ने बताएका थिए ।
त्यसबाट प्रचण्ड आक्रोशित थिए । निरन्तर पार्टी नेतामाथि आक्रमण गर्ने, दमित बनाउन खोज्ने गरेपछि प्रचण्डले एक सुत्रीय अभियानकै रुपमा फेरि जर्नादनको पुनः नियुक्ति गराइछाड्ने निधो लिए । त्यसमाथि केही सञ्चारमाध्यमले छानबिन समितिले आफ्नो काम गरिरहँदा प्रतिपक्षीलाई सहयोग पुग्ने गरी टिओआर दिने जस्तो गर्ने र छानबिन समितिले क्लिन चिट दिँदासमेत अब अर्थमन्त्री नबनाउ भनेर मिसनकै रुपमा सम्पादकीयसम्म लेख्ने गरेको देखेपछि प्रचण्ड जनार्दनलाई नै अर्थमन्त्री बनाउने अभियानमा लागेका थिए ।
त्यही क्रममा उनले जनार्दनले क्लिन चिट पाइसकेकाले अब अर्थमन्त्रीमा कमब्याक हुने गरी बचाउ गर्न थालेका हुन् । उनले जनार्दन आफै के गर्ने भनी दोधारमा परेर निधो लिन नसकिरहेका बेला अर्थमन्त्रीमा दोहोर्याएका हुन् ।
ओली शैलीमा उत्रिए प्रचण्ड
प्रचण्डमाथि आफ्नै पार्टीका नेता कार्यकर्तासम्मले लगाउने आरोप थियो– पार्टीको नेता कार्यकर्तालाई बचाउ गर्दैनन् । तर, यसपटक जनार्दनको सवालमा त्यस्तो देखिएन ।
विगतमा एमाले अध्यक्ष केपी ओलीकै शैलीमा प्रचण्डले यसपटक जनार्दनको बचाउमा आफूलाई परिचालन गरे । ओलीले आफ्नो प्रधानमन्त्री कार्यकालमा ईश्वर पोखरेलमाथि कोरोना कालमा ओम्नीलगायतका स्वास्थ्य सामाग्री खरिद प्रकरणमा विपक्षीले आक्रमणको तारो बनाउँदा ढाल बनेका थिए । गोकुल बाँस्कोटा सञ्चारमन्त्री हुँदा होस् या भानुभक्त ढकालमाथि प्रश्न उठ्दा वा विष्णु पौडेल बालुवाटार जग्गा प्रकरणमा जोडिँदासम्म ओली आफै प्रतिरक्षामा उत्रिएका थिए ।
ठिक त्यही शैलीमा अहिले प्रचण्ड जनार्दनको बचाउमा उत्रिएका छन् । उनले एमालेले संसदीय छानबिन समितिको प्रतिवेदनलाई अश्वीकार गर्नु पर्नेदेखि अर्थमन्त्रीमा शर्मालाई नदोहोर्याउन सञ्चार माध्यमले चलाएको लविङसम्मलाई चुनौती दिँदै शर्मालाई नै अर्थमन्त्री बनाए ।
गत असार २२ गते राजिनामा दिएका शर्मालाई २३ दिनमै संसदीय समितिमार्फत क्लिन चिट दिलाएर प्रचण्डले पुनः अर्थमन्त्री बनाए । माओवादीका एक स्थायी समिति सदस्यले भने, ‘यसपटक अध्यक्ष ओलीकै शैलीमा पार्टी नेता कार्यकर्ताको बचाउमा उत्रनु भयो, जनार्दनको पुनः नियुक्ति त्यसैको प्रमाणका रुपमा लिन सकिन्छ ।’

















भौतिक मन्त्रीद्वारा बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षण
PM Karki takes stock of electoral preparations in Taplejung
फ्रान्स र स्पेनमा आँधी र वर्षाका कारण जनजीवन प्रभावित
सुनसरी ४ मा ३३ उम्मेदवार
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
प्रतिक्रिया