सिंहलाई आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुने, तपाईको राशिफल कस्तो ?

काठमाडौं । आज मिति १६ साउन २०७९, सोमबार । तदनुसार १ अगष्ट २०२२ । श्रावणशुक्लपक्ष चर्तुर्थी, बणिज करण, पूर्वाफाल्गुनी नक्षत्र, परिध योग, चन्द्रमा सिंह राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः२७ मा र सूर्यास्त ६ः५३ मा हुनेछ । आजको देवता विश्वकर्मा र ग्र्रहदेव शनि रहेको छ । सोमबार शिवको प्रिय बार हो । त्यसमा पनि साउनको सोमबार देशभरका शिवालयमा दर्शनार्थीहरुको घुँइँचो लाग्ने गर्दछ । विशेषगरी साउनको सोमबार महिलाहरु व्रत बस्ने गर्दछन् । आजको दिन बाहन खरिद विक्री र मर्मतको लागि निकै राम्रो दिन मानिन्छ । यात्रा र नयाँ शिक्षण संस्थामा भर्नाका लागि पनि आजको दिन शुभ रहेको छ । आज विहान ०७ः०८ देखि ८ः४९ सम्मको समय राहुकाल रहेको छ त्यसबाहेक आजको दिन शुभ मानिन्छ । विहान ११ः४४ देखि १२ः३७ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा कुनै नयाँ र शुभकार्य गर्न सकिन्छ ।
मेष
मेष राशिको जातकको लागि आजको दिन आम्दानी हुनेछ । व्यापार ब्यबसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा श्री प्राप्ति हुनेछ। स्वास्थ्यमा केही समस्या हुनसक्छ त्यसैले ध्यान दिनुहोला । शिवालय यात्रा फलदायी हुनेछ ।
वृष
वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट अर्थआर्जन हुनेछ । मनमा प्रसन्नता छाउने छ । आजको दिन तपाईलाई शत्रुले समेत तपाईलाई सम्मान गर्नेछन् । आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईहरुको लागि उत्तम हुनेछ ।
मिथुन
आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ । व्यापार ब्यबसायमा तपाईले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । आजको दिन कसैसँग विवाद नगर्नु होला । आफ्नो नियमित काममा मात्र ध्यान दिनुहोला ।
कर्कट
आजको दिन तपाईको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईको लागि हानी हुनेछ । यात्रा गर्दा पनि अनेक समस्या आउनसक्छ ।
सिंह
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । सिंह राशिका पुरुष जातकको लागि स्त्री जातिको साथ र सहयोगबाट काम गर्दा सफल हुने देखिन्छ । चन्द्रमाको साथ रहेको छ । विहानको सूर्योदयको दर्शन गर्नुहोला ।
कन्या
कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईले सोचे अनुसारको काम हुनेछ । तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाहरुले आजको दिन कसैसँग विवाद नगर्नु नैं वेश हुनेछ । परिवारमा विवाद हुनसक्छ बेलैमा होसियार हुनुहोला । बालिकाका दान दक्षिण दिनुहोला ।
तुला
तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । अनावश्यक खर्च हुने संभावना छ । यात्राका लागि प्रस्ताव आउनसक्छ। अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने तपाईको मनमा उर्जा थपिने छ ।
वृश्चिक
आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । सामाजिक काममा लाग्नुहोला । परिवारमा अपमान पनि हुनसक्छ ।
धनु
तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन विहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ । आज विहान कुनै कुमारी कन्यालाई भोजन र बस्त्र दिनुहोला ।
मकर
तपाईले विगतमा गरेको सामाजिक कामबाट मानसम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन शिवालय र देवालयको यात्राले मनमा हर्ष छाउनेछ । आर्थिक बृद्धि हुने संभावना छ । कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ । चन्द्रमाको साथ रहेको छ । आज तपाईको सोचअनुसार काम हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।
कुम्भ
मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । तपाईले प्राप्त गरेको धनलाई केही मात्रामा भएपनि अध्यात्मसेवा र सामाजिक कार्यमा लगाउनुभयो भने मनमा सन्तोष मिल्नेछ । अध्ययन अध्यापनको काममा लाग्नुहोला । विहानको सूर्योदयको दर्शन गर्नुहोला ।
मीन
मीन राशिका जातकले आजको दिन सोचेको काममा बाधा हुनसक्छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । आजको दिन कम बोल्ने धेरै मौन रहने गर्दा तपाईलाई फाइदा हुनसक्छ। नयाँ सिर्जनात्मक लेखनको काममा लाग्नुहोला । शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । साँझको समयमा शिवालय दर्शन यात्रा गर्नु उत्तम हुनेछ ।














कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
प्रतिक्रिया