धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि आइपीओ बिक्री खुला गर्ने

बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेडको साउन २४ गते देखी सार्वजनिक शेयर (आइपीओ) निश्कासन गर्ने भएको छ । जसको बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमीटेड रहेको छ । हाल उक्त कम्पनीको चुक्ता पुँजी रु.७ करोड रहेकोमा सार्वजनिक शेयर निश्कासन पश्चात १० करोड ३१ लाख पुग्नेछ । हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा रु ११ करोड रहेको छ । जसबाट प्रतिशेयर नेटवर्थ रु. २५७ रुपैंया हुन आउँछ ।
कम्पनीको संचित नाफा नोक्सानी समेत ४.६ करोड भन्दा माथि रहेकोले सार्वजनिक शेयर निश्कासन पश्चात् समेत शेयरधनीहरुको लागी ४० प्रतिशत भन्दा बढि लाभांस वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउँछ । हाल राष्ट्रिय स्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आईरहेको छ । जसबाट करिब ३६,०००÷– ग्राहक सदस्यहरु मार्फत कुल १४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ । आ.ब. २०७८÷०७९ को अपरिस्कृत वित्तीय विवरण बमोजिम उक्त कम्पनीको पैसा प्रतिशेयर आम्दानी ३७.२५ पैसा रहेको छ ।














कञ्चनपुरमा महिला मतदाता बढी
राष्ट्रिय सभाको १९औँ अधिवेशन : बोहराको निधनमा प्रस्ताव पारित
राष्ट्रिय सभा सदस्यबाट नारायणकाजी, वामदेव र भगवतीले दिए राजीनामा
ग्रिनल्यान्ड मुद्दामा ट्रम्पको कदम : ८ युरोपेली देशमा अमेरिकी भन्सार लागू हुने संकेत
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया