महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने

महालक्ष्मी विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्काशको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । आज सोमबार महालक्ष्मी विकास बैंक र एन आई सी एशिया क्यापिटलबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।
महालक्ष्मी विकास बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु १०००।– दरले कुल १ अर्ब रुपैंया ९१० लाख कित्ता० मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्र मध्ये रु ६० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवर बाट र रु ४० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र निष्काशन गर्ने छ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
.














‘Rhino Cruise’ coming into operation from Gaindakot
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
46 days to go for HoR elections: EC hopeful of compliance with code of conduct
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया