नेपाली गोलकिपर किरणले मैदानमै प्रेमिकालाई औंठी लगाईदिँदै विवाह प्रस्ताव गरेपछि …

काठमाडौं । नेपाली फुटवलका गोलकिपर किरणकुमार लिम्बु र एयरहोस्टेज कञ्चन निरौला केही वर्ष देखि प्रेम सम्वन्धमा छन् । यी दुईको प्रेम सम्वन्धमा सोमबार नयाँ वहार आएको छ । त्यो हो गोलकिपर लिम्बुले मैदानमै प्रेमीकाको हात समाउँदै औंठी लगाईदिएर गरेको विवाहको प्रस्ताव ।
उनले मैदानमा बिवाहको प्रस्ताव पनि यस्तो समयमा गरेका छन् की, जाहाँ लिगकै सर्वोत्कृष्ट गोलिकपर लिम्बु नै घोषित भएका थिए ।
लिम्बु आबद्ध क्लब माजिया एससीले सोमबार सकिएको माल्दिभ्सको शीर्ष डिभिजनको लिगको उपाधि जितेको थियो भने उनी सर्वाेकृष्ट किपर घोषित भएका थिए ।
त्यसपछि किरण लिम्बुले त्यही खुसीयाली प्रेमिकासँग साटेका हुन् ।
क्लबका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा किपिर लिम्बुले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगे।
त्यसपछि मैदानमै प्रेमिका कञ्चन निरौलालाई सबै सहकर्मीका अघि औठी लगाइदिए, विवाह प्रस्ताव राखेका थिए ।
लिम्बुले बिवाह प्रस्ताव राखिरहँदा सबै खेलाडीले ताली बजाएर उनको खुसीमा साथ दिएका थिए।
केही वर्षदेखि प्रेममा रहेका उनीहरुको यो वर्ष विवाह गर्ने योजना छ। माल्दिभ्सको राजधानी मालेमा प्रेमिका निरौलालाई औंठी लगाइदिएको भिडिओ किरणले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
भिडिओ पोस्टमा उनले प्रेमिकाको प्रशंसा गर्दै आफ्नो जीवनमा आएकोमा धन्यबाद दिएका छन्।
















मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया