धनाढ्य र बुद्धिजीविबाटै स्तनपानमा हेलचेक्राइँ भयो : स्वास्थ्यमन्त्री खापुङ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरुबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा हेलचेक्राइँ भइरहेको बताएका छन् । मंगलवार प्रश्रुती गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
मन्त्री खापुङले विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकोले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा वागमती प्रदेश भन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गरे ।
मन्त्री खापुङले भने, ‘यहाँ तथ्यांक प्रश्तुत भइसकेको छ, स्तनपान गराउने संख्या कर्णाली प्रदेशमा धेरै देखियो । बट्टाको खानेकुरा खुवाउने, स्तनपान कम गराउने संख्या वागमती प्रदेशमा देखियो । विकास निर्माणको अग्रसरतामा सबैभन्दा पछि देखिने कर्णाली यहाँ अघि देखियो । कर्णाली प्रदेशका जनतालाई धन्यवाद भन्नुपर्छ । वागमतीमध्ये पनि सबैभन्दा कम स्तनपान गराउने काठमाडौंमा नै होला । त्यसमा पनि बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरु होलान् । यो तथ्यांकबाट यही खालको आशय बुझिन्छ ।’
बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरु बस्ने वागमती प्रदेश र काठमाडौंमा बच्चालाई आमाको स्तनपान गराउनेको संख्या सबैभन्दा कम देखिएको उनको भनाई थियो । मन्त्री खापुङले हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार भएकोले बच्चाको नैसर्गिक अधिकार हनन गर्नु नहुने बताए ।
मन्त्री खापुङले शहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेको बताए । उनले बच्चालाई आमाको स्तनपान नगराउनु प्रकृतिको नियम विपरित भएको बताए ।
सरकारले निःशुल्क भनेर घोषणा गरेका औषधिहरु आवश्यक समयमा जनताले निःशुल्क नपाएको कारण पत्ता लगाएर तत्काल समस्या समाधान गर्नपनि सम्बन्धित निकाय र मन्त्रालयका सचिवलाई उनले निर्देशन पनि दिए ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया