आइतबार, माघ ४, २०८२

एनएमबी बैंकको एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

मेरोन्यूज २०७९ साउन १७ गते १९:०४

काठमाडौँ । एनएमबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्यटन प्रवद्र्घनलाई सहयोग पु¥याउने उद्देश्यले एटीएम सञ्चालनमा ल्याएको छ ।

बैंकले यसअघि नै उक्त विमानस्थलको आन्तरिक उडान स्थलको यात्रु प्रस्थान स्थलमा एटीएम सञ्चालनमा ल्याइसकेको थियो । एनएमबी दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो ।

बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ । बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टर मार्फत उच्च स्तरीय सेवा दिँदै आएको छ ।

प्रतिक्रिया