रसुवामा खाद्य सामग्री ढुवानी
मेरोन्यूज
२०७९ साउन १८ गते ७:०५
काठमाडौँ । पवित्र तीर्थस्थल गोसाइँकुण्ड आउने यात्रुका लागि भोजनको व्यवस्था मिलाउन खाद्य सामग्री ढुवानी गरिएको छ । भक्तजनको आगमन सुरू भएसँगै धुञ्चे तथा स्याफ्रुबेँसी बजारबाट दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुट तथा दैनिक उपभोग्यवस्तु ढुवानी गरिएको हो ।
यही साउन २३ गतेदेखि २७ गते जनै पूर्णिमासम्म लाग्ने विशेष मेलामा झण्डै १५ हजार भक्तजनको आगमन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । लक्षित यात्रुलाई भोजन गराउन पुग्ने यथेष्ट खाद्य सामग्री ढुवानी गरिएको होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण गजुरेलले बताए ।
काठमाडौँबाट धुञ्चेसम्म सडक मार्ग प्रयोग गरेपछि पैदलयात्रा सुरू हुने गोसाइँकुण्ड तीर्थ जाँदा धुञ्चे, देउराली, चन्दनबारी, लौरीविनायक तथा गोसाइँकुण्डमा खान र बस्न समस्या नहुने होटल व्यवसायी संघले जनाएको छ ।
सम्बन्धित















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया