वुटवलमा श्रीमानले बलात्कार गरेको भन्दै श्रीमतीले दिइन् उजुरी
मेरोन्यूज
२०७९ साउन १८ गते ९:४८
काठमाडौँ । रुपन्देहीमा वैवाहिक बलात्कारविरुद्धको मुद्दा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समयदेखि जबर्जस्ती करणी गरेको भन्दै वैवाहिक बलात्कारको मुद्दा दर्ता गराएकी हुन ।
तिलोत्तमा नगरपालिका १७ निवासी उक्त पुरुषविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलबार आफ्नै पतिले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन् ।
डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि मादक पदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नाका साथै आफू बिरामी हुँदा पनि इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् ।
उजुरीलगत्तै घटनाबारेमा अनुसन्धान जारी राखिएको प्रहरीको भनाइ छ । आफ्नै पत्नीलाई इच्छाविपरीत जबर्जस्ती करणी गरे पाँच वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया