मकवानपुरका २८ जनामा डेङ्गुको सङ्क्रमण

बागमती । मकवानपुरमा डेङ्गुका बिरामी बढ्न थालेका छन् । कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेँङ्गुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
साउनको १५ दिनमा २८ जना डेङ्गु रोगको सङ्क्रमणबाट बिरामी भएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । हेटौँडा उपमहानगरपालिका–४ र ५ मा सो रोगको बिरामी देखिएको बताइएको छ ।
मकवानपुरको १० स्थानीय तहमध्ये हेटौँडा उपमहानगरपालिकामा बढी सो रोगका बिरामी रहेको जनाइएको छ । अन्य स्थानीय तहमा छिटपुट रुपमा सो रोगको सङ्क्रमण देखा परेको छ । सूचना अधिकारी घिमिरेले १५ दिनमा उक्त सङ्ख्यामा बिरामी फेला पर्नु ठूलो समस्या भएकाले सर्तकता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताए । सङ्क्रमित हेटौँडा वडा नं ४ तथा ५ का रहेको र उनीहरुको उपचार भइरहेको उनले बताए ।
कतिपय निजी अस्पतालमा उपचार गराइरहेको तथ्याङ्क आउन बाँकी रहेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको सोही अवधिमा जिल्लामा एक जनामा कालाजार भएको छ भने हेटौँडाका ९ जनामा स्क्रवटाइफस सङ्क्रमण भएको बताइएको छ । गत आवमा २९५ जना डेङ्गुको सङ्क्रमणबाट बिरामी भएका थिए ।
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया