काठमाडौंमा चिनियाँ नागरिक अपहरित, एक करोड फिरौती माग
मेरोन्यूज
२०७९ साउन १९ गते १२:३८

काठमाडौं । काठमाडौंमा रहेका एक चिनियाँ नागरिक अपहरणमा परेका छन् । काठमाडौंबाट ती चिनियाँ नागरिक बुधबार साँझ अपहरित भएका छन् । अपहरणकारीले एक करोड फिरौती माग गदै चिनियाँ नागरिकलाई अपहरण गरेको खुलेको छ ।
अपहरणमा संलग्न ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरिसकेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराका अनुसार, चिनियाँलाई अपहरण गरेर नयाँ बसपार्कमा लगेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुका बारेमा प्रहरीले थप केही बताएको छैन । यधपी पक्राउ पर्ने सबै नेपाली हुन् । उनीहरुलाई अनुसन्धानका लागि प्रहरीले म्याद थपको तयारी थालेको छ । म्याद थप गरिसकेपछि प्रहरीले यस विषयमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया