प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा सुवेदी नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् । चुनावको मिति घोषणा गरेको क्याविनेट बैठकले नै सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो ।
नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ भन्ने विचार राख्दै आएका सुवेदीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको हो ।
नेपालले असंग्लन्न परराष्ट्र नीति अवलम्बनमा दहो गरी खुटटा टेक्नपर्ने बताईरहेको बेला प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भने सुवेदीको नियुक्ती भएको हो । उनको नियुक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । देउवा सरकारले युक्रेन मामिलामा पनि तटस्थता देखाउन नसकेको आरोप लागिरहेका बेला ताइवान प्रकरण सतहमा आएको छ ।
अमेरिकाप्रति सरकारको ढल्काई बढी नै रहेको आरोप पनि देउवा माथी लागिरहेका बेला सुवेदीको नियुक्ति अर्थपूर्ण रहेको गठबन्धन दलकै नेताहरुले बताएका छन् ।
उनी एमसीसीको पनि कडा पक्षधर थिए । नेपालमा एमसीसीको विरोध गर्नेहरुलाई राष्ट्रविरोधी घोषित गर्नुपर्ने जस्ता विवादास्पद अभिब्यक्ति पनि उनले दिएका थिए ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया