लक्ष्मी क्यापिटलले आजदेखि ‘शुभ लक्ष्मी कोष’ खुल्लामुखी म्युचुअल फण्ड निष्काशन गर्दै

काठमाडौं । लक्ष्मी क्यापिटल लिमिटेडले साउन १९ गते, बिहीबारदेखि सर्वसाधारण लगानिकर्ताको लागि ‘शुभ लक्ष्मी कोष’ नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ भन बाँकी रहेको ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुल्ला गरेको छ ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । साउन १९ गते आज, बिहीबारबाट निष्कासन हुने यो फण्डमा लगानीकर्ताले छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको कार्य लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।
















भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया