एनएमबि बैंकको मेहेन्दी कार्यक्रम, ग्राहक र कर्मचारीबीच श्रावण उत्सव मनाइयो

काठमाडौं । एनएमबि बैंकले यस श्रावणको सोमवार मेहेन्दी लगाऔं, एनएमबि संग रमाऔं भन्ने सन्देश सहित आपसी सदभाव अभिबृद्घि गर्ने उद्घेश्यले २०७९ श्रावण १६ गते कर्मचारी र ग्राहकहरुमाझ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सातै प्रदेशको विभिन्न शाखा गरी १४ शाखाहरुमा यो कार्यक्रम गरेको छ ।
बैंकले प्रदेश १ को विर्तामोड र विराटनगर, मधेष प्रदेशको जनकपुर र विरगंज, वागमति प्रदेशको बबरमहल, कुमारीपाटी र लायन्स चोक, नारायणघाट, गण्डकी प्रदेशको चिप्लेढुङ्गा र गोरखा, लुम्विनि प्रदेशको मिलन चोक र नेपालगंज, प्रदेश ६ को विरेन्द्रनगर (सुर्खेत) र सुदूर पश्चिम प्रदेशको महेन्द्रनगर र धनगडी चौराहामा उक्त कार्यक्रम सम्पन्न गरेको छ ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
प्रतिक्रिया