ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता सेयर बिक्रीमा
मेरोन्यूज
२०७९ साउन २० गते १२:३८

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
संस्थाले प्रुडेन्सियल क्यापिटल मेनेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ ।
सेयर खरिद गर्न लागेका लगानीकर्ताहरुले न्यूनतम ३५० रुपैयाँ र सोभन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् । संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।
इच्छुकले २६ साउनभित्र आवश्यक कागजपत्र संकलन गरेर एनआईसी एसिया क्यापिटल काठमांडौमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।
सम्बन्धित















‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
प्रतिक्रिया