महिलाको नाममा जग्गा पास गर्ने बढ्दै, ५१ करोड बढी राजस्वमा छुट

झापा । राज्यले पुरुषहरुलाई भन्दा २५ प्रतिशत महिलालाई जग्गा खरिद विक्रीमा राजस्व छुट दिएसँगै महिलाका नाममा जग्गा पास गर्नेको संख्या जिल्लामा बढेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरको आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अध्ययन गर्दा सो देखिएको हो । एक वर्षको अवधिमा ११ हजार ६७९ महिलाको नाममा जग्गा नामसारी गर्दा रु ५१ करोड ४२ लाख एक हजार ५१३ राजश्व छुट दिइएको छ ।
अघिल्लो आवमा सात हजार ६१ वटा लिखद पास गर्ने महिलालाई रु ३९ करोड २१ लाख आठ हजार ४२६ राजस्व छुट दिइएको थियो । अघिल्लो वर्षका तुलनामा गत वर्ष राजस्व छुट बढेको छ । कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीका अनुसार नगर तथा ग्रामीण क्षेत्रका दलितहरुलाई रु १० लाख २२ हजार १७७, सहिद परिवारलाई ११ हजार ६५० र पतिपत्नीको संयुक्त नाममा लिखद पास गर्ने पाँचलाई रु २३ हजार ४४२ राजस्व दिइएको छ ।
परिचयपत्रको आधारमा अपाङ्ग, महिला र दलितलाई २५ प्रतिशत र एकल महिलालाई ३५ प्रतिशतसम्म राजस्वमा छुट दिने गरेको कार्यालयले उहाँको भनाइ छ । यस कार्यालयबाट झापाको माईपूर्वका १० वटा स्थानीय तहको जग्गा किनबेचको पास हुने गरेको छ ।
कार्यालयले गत आव २०७८/७९ मा रु ८३ करोड २८ लाख नौ हजार ८३१ राजस्व सङ्कलन गरेको छ । कार्यालयले पुँजीगत लाभकर शीर्षकबाट रु २३ करोड ४१ लाख ७३ हजार २३५, अग्रीम कर रु १० करोड ८४ लाख चार हजार ७८, डोर शीर्षक वापत रु चार लाख २५ हजार राजस्व उठाएको हो ।
कार्यालयले एक वर्षको अवधिमा ५१ हजार १९६ लिखद दर्ताबाट सो सङ्ख्या बराबरको राजश्व सङ्कलन गरेको हो । मेचीनगर, भद्रपुर, कचनकवल, बिर्तामोड, हल्दीवारी, बाह्रदशी, झापा, अर्जुनधारा, कनकाई र बुद्धशान्तिसहितका १० वटा स्थानीय तहका जग्गाको किनबेच लगायत सम्पूर्ण कारोबार गर्ने यस कार्यालयले सबैभन्दा बढी बिर्तामोड नगरपालिकाबाट रु २० करोड ४५ लाख ५९ हजार ४९५ र सबै भन्दा कम झापा गाँउपालिकाबाट रु।७३ लाख ३३ हजार ७३४ राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।














आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
प्रतिक्रिया