सप्तकोसीमा घट्यो पानीको बहाव
मेरोन्यूज
२०७९ साउन २१ गते १८:५३

काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाव घट्न थालेको छ । शनिबार बिहान पानीको बहाव बढेपछि ‘हाई अलर्ट’ जारी गरिएकोमा अपराह्नबाट पानीको बहाव घट्न थालेको हो ।
शनिबार अपराह्नबाट घट्न थालेको पानीको बहाव अहिले खतरामुक्त रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । साँझ ५ बजे कोसी ब्यारेजमा २ लाख १५ हजार ८२५ क्युसेक पानी मापन गरिएको छ ।
बिहान मौसम पूर्वानुमान शाखाले सप्तकोसीमा पानीको सतह धेरै बढ्ने भनेर पूर्वसूचना जारी गरेको थियो । हाल कोसी ब्यारेजका ३३ वटा ढोका खोलिएका छन् ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया