यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबार विभिन्न फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिका अनुसार सोमबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ र अनार २९० रुपैयाँ रहेको छ ।
त्यस्तै, आँप प्रतिकिलो २६५ रुपैयाँ, एभोकाडो ५२५ रुपैयाँ, रातो आलु ६४ रुपैयाँ २० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।
यस्तै, स्थानीय काउली प्रतिकिलो ६८ रुपैयाँ, लोकल काक्रो ७६ रुपैयाँ, कागती २०४ रुपैयाँ, कुरिलो ५५० रुपैयाँ र अकबरे खुर्सानी १८३ रुपैयाँ ३३ पैसा तोकिएको छ ।
समितिका अनुसार तराई गाजर प्रतिकिलो ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा, र गान्टे मूलाको ९५ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, गुन्द्रुक प्रतिकिलो २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५७ रुपैयाँ ५० पैसा र टनेल गोलभेडा ४१ रुपैयाँ २० पैसा कायम गरिएको छ ।
त्यस्तै, राजमा घिउ सिमी प्रतिकिलो १२५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, झिगूनी ४५ रुपैयाँ, छडी माछा २३५ रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ र तामा ११६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । यसैगरी तितो करेला प्रतिकिलो २३ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ र न्यूरो ११६ रुपैयाँ ६७ पैसा तोकिएको समितिले जनाएको छ ।















‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
प्रतिक्रिया