यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबार विभिन्न फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिका अनुसार सोमबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ र अनार २९० रुपैयाँ रहेको छ ।
त्यस्तै, आँप प्रतिकिलो २६५ रुपैयाँ, एभोकाडो ५२५ रुपैयाँ, रातो आलु ६४ रुपैयाँ २० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।
यस्तै, स्थानीय काउली प्रतिकिलो ६८ रुपैयाँ, लोकल काक्रो ७६ रुपैयाँ, कागती २०४ रुपैयाँ, कुरिलो ५५० रुपैयाँ र अकबरे खुर्सानी १८३ रुपैयाँ ३३ पैसा तोकिएको छ ।
समितिका अनुसार तराई गाजर प्रतिकिलो ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा, र गान्टे मूलाको ९५ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, गुन्द्रुक प्रतिकिलो २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५७ रुपैयाँ ५० पैसा र टनेल गोलभेडा ४१ रुपैयाँ २० पैसा कायम गरिएको छ ।
त्यस्तै, राजमा घिउ सिमी प्रतिकिलो १२५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, झिगूनी ४५ रुपैयाँ, छडी माछा २३५ रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ र तामा ११६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । यसैगरी तितो करेला प्रतिकिलो २३ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ र न्यूरो ११६ रुपैयाँ ६७ पैसा तोकिएको समितिले जनाएको छ ।














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया