शुक्रबार, वैशाख २५, २०८३

मह जोडी अभिनित ‘महापुरुष’मा शिवम् सिमेन्टको सहकार्य

मेरोन्यूज २०७९ साउन २४ गते १५:५१

काठमाडौँ । नेपालको सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टस्बीच नेपाली कथानक चलचित्र “महापुरुष”का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धताका साथ सम्झैता भएको छ ।

Advertisement
NiccNicc

उक्त सम्झौता कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाइस प्रेसिडेन्ट केपी रिजाल, कन्ट्रीहेड निखिल अग्रवाल र डि.जि.एम. मार्केटिङका केशव अर्याल उपस्थिति रहेका थिए । षट्कोण आर्टस्का तर्फबाट निर्देशक प्रदिप भट्टराई, निर्माता रविद्र सिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्रीलगायत कलाकारको उपस्थिति थियो ।

उक्त चलचित्र आगामी कात्तिक ११ मा रिलिज हुन गइरहेको छ । चलचित्रमा मुख्य कलाकारका रुपमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ललगायत कलाकार छन् । चलचित्रको लेखन तथा निर्देशन भट्टराईले गरेका हुन् ।

उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा षड्कोण आर्ट्का तर्फबाट निर्देशक प्रदिप भट्टराईले शिवम् सिमेन्ट जस्तो ब्राण्डसँग सहर्काय गरी चलचित्र निर्माण एवम् प्रबद्र्धनमा थप टेवा पुग्नुका साथै अन्य ब्राण्डलाई समेत सहकार्य गर्न हौसला मिलेको बताए । साथै, यसरी विभिन्न ब्राण्डले चलचित्र क्षेत्रमा सहकार्य गर्नु सकारात्मक भएको बताउँदै शिवम् सिमेन्टप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया