काँडाघारी प्रहरी कार्यालय डुबानमा, बाढीले खाद्यान्न र मोटरसाइकल बगायो
मेरोन्यूज
२०७९ साउन २५ गते ७:१६

काठमाडौं । काठमाडौं उपत्यकामा गएराति परेको वर्षा र बाढीले प्रहरी प्रभाग काँडाघारीको भवन डुबानमा परेको छ । बाढीले कार्यालयका सामानसमेत बगाएको प्रहरीले जारी गरेको बुलेटिनमा उल्लेख छ । कार्यालय भवनको एक तल्लाको पुरै भाग डुबाएको र मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बगाएको समेत बुलेटिनमा भनिएको छ ।
प्रहरीका अनुसार कार्यालयको पछाडि पार्किङ गरेर राखिएका तीनवटा मोटरसाइकल पनि बाढीले बगाएको छ ।गएराति काठमाडौंमा ठूलो पानी परेको थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजेसम्म ७५.१ मिलिमिटर पानी परेको जनाएको छ ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया