आई लिग छनोट खेल्न दीपा न्यौपाने भारत प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दीपा न्यौपाने भारतीय आई लिग छनोट खेल्न त्यसतर्फ प्रस्थान गरेकी छन् ।
भारतीय आई लिग छनोटका लागि दिपा केरला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीमा अनुबन्धित भएकी थिइन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिले बिदाइ गर्यो ।
सोही प्रतियोगिताका लागि शनिबार नै राष्ट्रिय महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी भारत पुगिसकेकी छिन् । उनले भारतको गोकुलम केरलाबाट खेल्नेछिन् । उक्त प्रतियोगितामा सावित्राको टिम गोकुलम, दिपाको टिम डनबोस्को केरला ब्लास्टर र केरला युनाइटेडले छनोटका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सावित्राले यसअघि सन् २०१९ मा सेथु र २०२१(२२ मा गोकुलमबाट ‘इन्डियन वुमेन्स लिग’ खेलेर उपाधि जिताइसकेकी छन् । दीपाले पहिलोपटक अन्तर्राष्ट्रिय लिग खेल्न लागेकी हुन् । आजबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरला र केरला युनाइटेड तथा बिहीबार डन बोस्कोले लड्स पीआरविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।
















नयाँ सरकारको पर्खाइमा सिंहदरबार, सजाइँदै मन्त्रालयहरू
महालक्ष्मी विकास बैंकको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, हर्मुज बन्द गर्ने चेतावनी
चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण
सेयर बजारमा सामान्य अंककाे वृद्धि
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया