बझाङमा एकै परिवारका तिन जना मृत फेला
श्रीमान विदेशबाट आएकै दिन गीता र छोराछोरीको मृत्यु कसरी भयो ?

काठमाडौं । बुधबार विहान ६ बजे बझाङ जिल्लाको बङ्गुल नगरपालिका वडा नंबर-९ को एकै परिवारका तिन जना मृत अवस्था फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार २२ वर्षीय गीता पार्की र उनका तीन वर्षीया छोरा भुपेन्द्र र पाँच वर्षीया छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
बङ्गलु नगरपालिका वडा नंबर ९ का वडाअध्यक्ष हरिश बहादुर सिंहका अनुसार बुधबार विहान घास काट्न गएका स्थानियले उनिहरु तिनै जनालाई मृत अवस्थामा फेला पारेको हो । सोही समयमा स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
हिजो मात्रै मृतक गीताको श्रिमान भारतबाट घर आएको बङ्गलु नगरपालिका वडा नंबर ९ का वडाअध्यक्ष हरिश बहादुर सिंहले मेरोन्यूजलाई बताए । उनले भने,‘हिजो मात्रै गीताका श्रिमान पुष्कर पार्की भारतबाट घर आएको रहेछ ।, राति सुतेको अवस्थामा नै उनिहरु उठेर गएको देखिन्छ, राति नै उनको श्रीमानले सोधखोज गरेको स्थानियबाट थाहाँ पाईयो ।’
घटनास्थलमा प्रहरीले अनुससन्धान गरिरहेको छ । र जिल्ला प्रहरी कार्यालयको टोली समेत घटनास्थल तर्फ आउँदै गरेको वडाध्यक्ष सिंहले जानकारी दिए ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया