विश्व विद्यालयलाई देउवाको आग्रह : विश्व बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गर्नु

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व विद्यालयहरूले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिनु पर्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा नेपाल प्राध्यापक संघले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस÷हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’मा बोल्दै उनले विश्व विद्यालयले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नु पर्र्ने बताएका हुन् । उनले कुनै देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने बताए ।
‘विश्व विद्यालयका समस्या, चुनौतीहरूलाई आपसी संवाद र समस्याको समाधान गर्ने कुरामा जोड दिन चाहन्छु, यसमा प्राध्यापक संघको पनि आवश्यक भूमिकाको अपेक्षा गर्दछु, कुनै पनि मुलकको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्दछ,’ उनले भने, ‘विश्व विद्यालयहरूले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादनमा जोड दिनु पर्दछ ।’
उनले विश्व विद्यालयहरूको शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी बनाउन प्राध्यापक प्रयत्नशील हुनु आवश्यक रहेको उल्लेख गरे । उनले उच्च शिक्षालाई अनुसन्धानमूलक, जीवनोपयोगी, रोजगारमूलक बनाउनु पर्नेमा जोड दिए ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया