दुर्घटनामा घाइते भएका एक प्रहरीको मृत्यु

काठमाडौँ । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ११ मा लु १ झ ६६० नम्बरको प्रहरी भ्यान दुर्घटनामा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । शनिबार बिहान दुर्घटना हुँदा गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको हो ।
घटनामा घाइते भएका पाँच जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी तुलराज सुनुवार, जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरी बल आश्रित गुल्म रुकुम पूर्वका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक रविन्द्र श्रेष्ठसहितको टोली इलाका प्रहरी कार्यालय तकसेरा निरीक्षण गर्न जाँदा प्रहरी मात्रै चढेको गाडी दुर्घटना भएको हो ।
घाइतेलाई उपचारका लागि तत्काल नेपाली सेनाको हेलिकोप्टरद्वारा कोहलपुर मेडिकल कलेज बाँकेमा लगिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा प्रहरी जवान पुनको मृत्यु भएको हो ।















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया