जिल्ला प्रहरी कार्यालय लमजुङको परिसरभित्र बौद्ध चैत्य निर्माण

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङको परिसरभित्र बौद्ध चैत्य निर्माण गरिएको छ । कार्यालयले स्थानीय तह र विभिन्न व्यक्तिहरूको सहयोगमा बौद्ध चैत्य निर्माण गरेको हो ।
प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार शान्तिको कामना गर्दै चैत्य निर्माण गरिएको हो । लमजुङमा गुरुङको बाहुल्यता रहेको र उनीहरू बौद्ध धर्मावलम्बी रहेकाले उनीलाई मध्यनजर गरी बनाइएको हो ।
लमजुङ र विश्व शान्तिका लागि उक्त बौद्ध चैत्य निर्माण गरेको बताए । चैत्यभित्र गौतम बुद्धको पाँच वटा पित्तलको मूर्ति राखिएको छ ।
उक्त चैत्य बनाउन क्व्होलासोंथर गाउँपालिकाले दुई लाख रुपैयाँ सहयोग गरेको छ । मर्स्याङ्दी गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको छ । डुम्रे–बेसीशहर–चामे सडक योजनाका प्रमुख, इन्जिनियर अच्युतविलास पन्तले ४ वटा पित्तलको मूर्ति सहयोग गरेका छन् ।
बेंसीशहर नगरपालिका ७ का निवर्तमान अध्यक्ष गोविन्द बस्नेतले बालुवा र गिट्टी सहयोग गरेका छन् । बेंसीशहर नगरपालिका ७ का अध्यक्ष ऋषिराम बस्नेतले बालुवा सहयोग गरेका थिए ।















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया