टानको निर्वाचन आज, तीन व्यवसायी समूहबीच प्रतिस्पर्धा
काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आज चुनाव हुदैछ ।
टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र समूहले उम्मेदवारी दर्ता गराएको छ । टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र समूहले उम्मेदवारी दर्ता गराएको हो । टानको अध्यक्ष पदमा नीलहरि बास्तोला र कमल सापकोटाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएको टान सचिवालयले जनाएको छ । बोधराज भण्डारीको स्वतन्त्र समूहले अध्यक्ष र उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्
टानको अध्यक्ष पदमा नीलहरि बास्तोला र कमल सापकोटाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएको टान सचिवालयले जनाएको छ । बोधराज भण्डारीको स्वतन्त्र समूहले अध्यक्ष र उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । अध्यक्षका प्रत्यासी बास्तोलाले टानको गरिमालाई उँचो बनाउँदै पर्वतीय पर्यटन व्यवसायमा देखिएका समस्या समाधान गर्न केन्द्रित हुने बताए ।
अर्का प्रत्यासी सापकोटाले टानलाई व्यवसायमैत्री बनाउने विश्वास व्यक्त गरे। अध्यक्षका प्रत्यासी भण्डारीले पनि टानलाई व्यवसायीको हित अनुकूलको संस्थाका रूपमा काम गर्ने बताए।टानको ४४औँ साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने मतदानका लागि एक हजार दुईसय ५० मतदाता पुुगेका हुुन् । टानको केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षसहित १७ पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन् ।















रास्वपाले भन्यो – नयाँ सरकार बन्न १० दिनजति लाग्छ
महोत्तरीबाट १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा
मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त
भद्रपुरमा सर्वाधिक पुरस्कारको महिला फुटबल प्रतियोगिता
सुनसरीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया