टानको निर्वाचन आज, तीन व्यवसायी समूहबीच प्रतिस्पर्धा
काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आज चुनाव हुदैछ ।
टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र समूहले उम्मेदवारी दर्ता गराएको छ । टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र समूहले उम्मेदवारी दर्ता गराएको हो । टानको अध्यक्ष पदमा नीलहरि बास्तोला र कमल सापकोटाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएको टान सचिवालयले जनाएको छ । बोधराज भण्डारीको स्वतन्त्र समूहले अध्यक्ष र उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्
टानको अध्यक्ष पदमा नीलहरि बास्तोला र कमल सापकोटाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएको टान सचिवालयले जनाएको छ । बोधराज भण्डारीको स्वतन्त्र समूहले अध्यक्ष र उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । अध्यक्षका प्रत्यासी बास्तोलाले टानको गरिमालाई उँचो बनाउँदै पर्वतीय पर्यटन व्यवसायमा देखिएका समस्या समाधान गर्न केन्द्रित हुने बताए ।
अर्का प्रत्यासी सापकोटाले टानलाई व्यवसायमैत्री बनाउने विश्वास व्यक्त गरे। अध्यक्षका प्रत्यासी भण्डारीले पनि टानलाई व्यवसायीको हित अनुकूलको संस्थाका रूपमा काम गर्ने बताए।टानको ४४औँ साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने मतदानका लागि एक हजार दुईसय ५० मतदाता पुुगेका हुुन् । टानको केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षसहित १७ पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन् ।













माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया