नेपालमा दुई वर्षमा पौने पाँच अर्बको मेडिकल भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर भित्रियो

काठमाडौं । पछिल्लो दुई वर्षमा नेपालमा विभिन्न देशबाट पौने पाँच अर्ब रुपैयाँको मेडिकल भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर (मेसिन) भित्रिएको पाइएको छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा उक्त मुल्य बराबरको भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर नेपालमा भित्रिएको हो ।
कोरोना महामारी सुरु भएपछि नेपालमा ठूलो संख्यामा भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर भित्रिएको देखिन्छ ।
बितेको दुई वर्षमा ४ अर्ब ७७ करोड ९७ लाख ६३ हजार रुपैयाँको भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।
सो अवधिमा २ लाख ६१ हजार ४७६ थान कन्सेनट्रेटर र २९ हजार ९०३ भेन्टिलेटर नेपाल भित्रिएको विभागले जनाएको छ ।
विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब १० करोड ७३ लाख ६१ हजार रुपैयाँको भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर नेपालले आयात गरेको छ ।
अघिल्लो आर्थिक वर्ष १ अर्ब ८ लाख ३७ हजार रुपैयाँको २ लाख २२ हजार १८८ थान अक्सीजन कन्सेनट्रेटर र १ अर्ब १० करोड ६५ लाख २४ हजार रुपैयाँको ३ हजार ७६५ थान मेडिकल मेन्टिलेटर नेपालले आयात गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ६७ करोड २४ लाख २ हजार रुपैयाँको भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर नेपाल भित्रिएको विभागले जनाएको छ ।
विभागका अनुसार सो वर्ष १ अर्ब ८० करोड ८९ लाख १३ हजार रुपैयाँको ३९ हजार २८८ थान अक्सीजन कन्सेनट्रेटर र ७६ करोड ७५ लाख ९२ हजार रुपैयाँको २६ हजार १३८ थान मेडिकल भेन्टिलेटर नेपालले आयात गरेको थियो ।















प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया