पिपुल्स पावरको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

काठमाडौं । पिपुल्स पावर लिमिटेडले मंगलबारदेखि निष्कासन गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । मंगलबार २ लाख ८६ हजार ४९४ आवेदनबाट ३३ करोड ७९ लाख ५८ हजार रुपैयाँ बराबरको ३३ लाख ७९ हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई छुट्टाएको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरको १र४७ गुणा बढी हुन आउँछ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्कासन गरेको हो । त्यसमध्ये ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि ५० हजार कित्ता सम्ममा लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेकोले भदौ ५ गतेसम्ममा मात्रै आवेदन खुल्नेछ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।














यस्तो छ आज तरकारीको थोक मूल्य
बालेनको हतारो :नियुक्त नहुँदै बनाए ‘प्रधानमन्त्री’को इमेल !
आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया