बल्खुस्थित खसी बजार १५ दिनभित्र हटाउन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले बल्खुस्थित खसी बजार हटाउन निर्देशन दिएको छ । महानगरले एक सूचना जारी गर्दै बल्खुस्थित खसी बजार हटाउन निर्देशन दिएको हो ।
भाटभटेनीसँगै बल्खु खोलामा जोडिएको ७–८–०–० जग्गामा खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातवरणमा गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै सामूहिक उजुरीपरेपछि उक्त खसी बजार हटाउन भनेको हो ।
वातावरण सम्बन्धी अध्ययन प्रतिवेदनले उक्त स्थानमा खसी बजार सञ्चालन गर्दा वरपरको वातावरणमा गम्भीर असर पर्ने, नदी प्रदूषण हुने र फोहोर मैलाबाट जटिल समस्या सिर्जना भइरहेको औंल्याएको छ ।
१५ दिनभित्र उक्त जग्गामा खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूले आफैं वैकल्पिक व्यवस्था गरी खसी बजार हटाउन निर्देशन दिएको महानगरपालिकाले अन्यथा कानुन अनुसार हटाइने चेतावनी दिएको छ ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया