बल्खुस्थित खसी बजार १५ दिनभित्र हटाउन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले बल्खुस्थित खसी बजार हटाउन निर्देशन दिएको छ । महानगरले एक सूचना जारी गर्दै बल्खुस्थित खसी बजार हटाउन निर्देशन दिएको हो ।
भाटभटेनीसँगै बल्खु खोलामा जोडिएको ७–८–०–० जग्गामा खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातवरणमा गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै सामूहिक उजुरीपरेपछि उक्त खसी बजार हटाउन भनेको हो ।
वातावरण सम्बन्धी अध्ययन प्रतिवेदनले उक्त स्थानमा खसी बजार सञ्चालन गर्दा वरपरको वातावरणमा गम्भीर असर पर्ने, नदी प्रदूषण हुने र फोहोर मैलाबाट जटिल समस्या सिर्जना भइरहेको औंल्याएको छ ।
१५ दिनभित्र उक्त जग्गामा खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूले आफैं वैकल्पिक व्यवस्था गरी खसी बजार हटाउन निर्देशन दिएको महानगरपालिकाले अन्यथा कानुन अनुसार हटाइने चेतावनी दिएको छ ।














यस्तो छ आज तरकारीको थोक मूल्य
बालेनको हतारो :नियुक्त नहुँदै बनाए ‘प्रधानमन्त्री’को इमेल !
आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया